• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, October 25, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

कोरोनामा संघीय सरकारको ९ अर्ब १६ करोड खर्च,१७ लाख परिवारलाई राहत

Shree News Ok by Shree News Ok
२० आश्विन २०७७, मंगलवार २२:१७
1 min read
9 0
9
SHARES
17
VIEWS

२६ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय)लाई निकासा/रकमान्तर/वित्तीय हस्तान्तरणका माध्यमबाट ७ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । यद्यपी तीन तहका सरकारमा गएको रकम कुन प्रयोजनमा कति खर्च भयो भन्ने सम्बन्धमा भने सरकारले विवरण संकलन गरिरहेको छ । यस्तो  विवरण आगामी महिना (भदौ)मा सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आवको भदौमा र त्यसपछि चौमासिक रुपमा खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार यस आवमा तीन तहका सरकारका विभिन्न निकायमा भएको रकमान्तर तथा निकासाबाहेक कोभिड कोषबाट समेत ६६ करोड निकासा गएको थियो । उक्त रकम विभिन्न अस्पताल तथा निकायमा दिइएको थियो । औषधीजन्य सामग्री खरीदका लागि समेत अर्थ मन्त्रालयबाट १ अर्ब ३६ करोड रुपैयाँको सहमति दिइएको । यो सबै रकम जोड्दा असार मसान्तसम्म ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको पाइएको मन्त्रालयले जनाएको छ ।

रकारले कोरोना रोकथाममा करीव १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो । तर परदर्शी रुपमा खर्च विवरण दिन नसकेको भनेर आलोचना भइरहेको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा स्रोत व्यवस्थापन

  • निकासा/रकमान्तर/वित्तीय हस्तान्तरण -तीन तहका सरकार)  : ७१३ करोड
  • कोभिड १९ कोषबाट निकासा : ६३ करोड
  • औषधिजन्य सामग्री खरीद गर्न स्रोत व्यवस्थापन सहमति : १३७ करोड

१७ लाख परिवारलाई राहत 

अर्थ मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिमा समस्यामा परेका १० लाख बढी परिवारलाई राहत उपलब्ध गराइएको थियो । यसरी राहत लिने परिवारको संख्या १७ लाख ९ सय ४ रहेको छ ।

शुरुमा स्थानीय तहले राहत बाँडेका थिए । पछिल्लो समय असंगठित क्षेत्रमा काम गर्ने र कोरोनाका कारण रोजगारी वा कामबिहीन भएका श्रमिकलाई सार्वजनिक निकाय वा कार्यालयबाट काममा लगाउने निर्णय भएको थियो । यसरी काम वा श्रममा लगाउँदा उनीहरुलाई दैनिक ज्याला नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

यस्तो ज्यालादर तोक्ने जिम्मेवारी भने सम्बन्धित स्थानीय तहलाई दिइएको थियो । सोहीअनुसार काममा लगाएर राहत दिएको अर्थ मन्त्रालयले जनाएको छ । काममा नआउने वा आउन नचाहने तर राहत भने माग्न आउने व्यक्तिलाई भने काम गर्न आएको व्यक्तिको तुलनामा २५ प्रतिशत रकमले हुन आउने बराबरको खाद्यान्न मात्र दिने गरी व्यवस्था मिलाइएको थियो । सोहीअनुसार देशभर ५०४ स्थानीय तहमा राहत कार्यक्रम संचालन भएको र१७ लाख ९ सय ४ जना परिवार लाभाविन्त भएको सरकारको तथ्यांक छ ।

यसरी काममा लगाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहका विकास कार्यक्रम तथा कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रहेको रकम परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

२ खर्ब १९ अर्ब ऋण-सहायताको प्रतिवद्धता

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा यसले अर्थतन्त्रमा परेको क्षति न्यूनिकरण गर्न अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य ऋण र सहायताको प्रतिवद्धता प्राप्त भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्र कोरोनासँग सम्बन्धित अनुदान सहायता रु. ३० अर्ब १० करोड ५४ लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । १ खर्ब ८० अर्ब ७७ करोड ७८ लाख रुपैयाँ ऋण प्राप्त भएको छ ।

कुल २ खर्ब १९ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ बराबरको ऋण/अनुदान सहायता प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो बीचमा विश्व बैंकबाट आपतकालिन महामारी पूर्वतयारी तथा नियन्त्रण योजना अन्तर्गत करीव ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता सम्झौता सम्पन्न भइसकेको छ ।

भुक्तानी सन्तुलन तथा विदेशी विनिमय मौज्दात व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने र्‍यापिड क्रेडिट फेसिलिटी अन्तर्गत करीव १३ अर्ब ९ करोड रुपैयाँ बराबर कोटा सुविधा प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकबाट घोषणा भएको तत्कालिन सहयोग कार्यक्रम अन्तर्गत नेपालले परिचालन गर्नसक्ने २ सय ५० मिलियन डलर र यसमा थपघट हुने रकम समेत बजेट सहायता प्राप्त हुने प्रक्रियामा छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?