• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

वर्तमानलाई होइन भविष्यलाई हेरी जीवन बिमा गरौं

Shree News Ok by Shree News Ok
२७ पुष २०७७, सोमबार १४:०८
1 min read
68 0
66
SHARES
129
VIEWS

माधव शर्मा, सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बेलहियाका स्थायी बासिन्दा हुन् । सहकारी सस्थाको बजार प्रतिनिधी हुँदै अहिले मनि चेन्जर, ट्राभल व्यबसाय, कष्टम क्लियरिंग लगायतका काम गर्दै बिमा अभिकर्ताका रुपमा पनि कार्यरत छन् शर्मा। पछिल्लो समय ५ वर्षदेखि सुर्या लाइफ इन्स्योरेन्स कम्पनीमा सिनिएर एजेन्सी म्यानेजरको रुपमा कार्य गरिरहेका शर्मा जेसिआई सिद्धार्थ नेपाल, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, बेलहिया गाँउ समाज, लुम्बिनी खुकुरी क्लव लगायत बिभिन्न सस्थामा आवद्ध छन् । शर्मा संग बिमा सेवाका बिषयमा गरेको कुराकानीको अंश प्रस्तुत छः

  • बिमा क्षेत्रमा कसरी आकर्षित हुनु भयो ?

मेरो जिवनको पहिलो कार्य सहकारी संस्थामा बजार प्रतिनिधि को रुपमा रहेको थियो । अहिले म मनि चेन्जर, ट्राभल, भन्सार कस्टम क्लियरिङ लगायतको काम गर्छु । साथै बिभिन्न संघसस्थामा आवद्ध रहि काम पनि गर्दै आएको छु । यही क्रममा बिमा कम्पनिमा कार्यरत साथीहरु संग भेटघाट र बिमामा गरेका कामहरु सुन्दा बिमा कम्पनिमा काम गर्न मन लाग्यो र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको तालिम लिएर बिमा क्षेत्रमा प्रवेश गरे । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी मा बिगत ५ बर्ष देखि भैरहवा क्षेत्रमा सिनिएर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छु ।

  • सुर्या लाइफ इन्स्योरेन्स कस्तो किसिमको इन्स्योरेन्स हो ?

बिमा छेत्रमा ३ प्रकारको बिमा हुन्छ । जीवन बिमा, निर्जिवन बिमा र पुनरबिमा । सुर्या लाइफ इन्स्योरेन्स विशुद्ध जीवन बिमा कम्पनी हो । हाम्रो कम्पनी मा नेपाली ब्यापारीक प्रतिष्ठित लगानीकर्ता हरुले लगानी गरेका छन् । यो कम्पनीको स्थापना २०६४ साल चैत्र ६ गते भएको हो र यसको पुजी ३ अर्ब छ । साथै चुक्ता पुजि २ अर्ब १५ करोड । कम्पनिको पुर्नबिमा, नेपाल पुर्नबिमासँग रहेको छ । १० अर्ब भन्दा बढी लाइफ फन्ड रकम रहेको छ ।

  • कस्तो कस्तो प्रकारको बिमा योजना छ ?

हाम्रो कम्पनिमा ग्राहकको रुचि अनुसारको बिमा योजनाहरु रहेका छन, सावधिक जीवन बिमा, यो सबै भन्दा सस्तो र जागिर गर्ने हरुका लागि एकदमै उपयुक्त छ भने बाल बच्चाको लागि बाल सावधिक र बाल सावधिक एव अग्रिम भुक्तानी, निम्न आय भएका ब्यक्तिहरुका लागि लघु सावधिक एवम लघु म्यादी जीवन बिमा रहेको छ। ब्यापारीहरुका लागि अग्रिम भुक्तानी एक।एक बर्ष मा,४।४ बर्ष, ५।५ बर्षमा फिर्ता हुने बिमा योजना रहेको छ ।वैदेशिक रोजगारीमा हुनेहरुका लागि विशेष गरि दक्षिण कोरिया मा ५ बर्ष को बसाई भएका ब्यक्तिहरुका लागि सिमित भुक्तानी बिमा योजना रहेको छ। सावधिक एवम आजिवन र बैदेशिक जीवन बिमा योजना गरि कुल ११ वटा जीवन बिमा योजना रहेको छ । साथै ग्राहक हरुको रुचि अनुसार नया जीवन बिमा योजना हरु बजार मा आउदैछ ।

  • एकै ब्यक्तिले १० ठाउँमा बिमा गरेको पाइन्छ किन होला?

अहिले नेपालमा १९ वटा जीवन बिमा कम्पनी रहेका छन । जो कोहि ब्यक्तिले पनि आफ्नो आयस्रोतको आधारमा १० वटा ठाउमा मात्र होइन १९ वटै जीवन बिमा कम्पनिमा बिमा गर्न पाइन्छ र मलाई लाग्छ बिमा योजनाको बिशेषता फरक फरक भएको कारणले एक ब्यक्तिले धेरै बिमा कम्पनिमा बिमा गरेको हुन सक्छ । जतिवटा जीवन बिमा कम्पनिमा बिमा गरेपनी सबैबाट सम्पुर्ण सेवा सुबिधा बिमितले पाउदछ यसै कारण पनि धेरै ठाउमा बिमा गरेका हुन्छन ।

  • बिमा कम्पनी बिच अस्वस्थ प्रतिस्पर्धा छ, किन होला?

हरेक कम्पनीको आ आफ्नो बिमा पोलिसी बेच्ने रणनीति रहेको हुन्छ । हरेक कम्पनिले आफ्नो प्रोडक्ट को बारेमा आफ्नो ग्राहक लाई जानकारी गराई बिमा योजना बेच्ने हो भने मलाई लाग्छ सबै बिमा कम्पनिको अभिकर्ताहरुले आफ्नो कम्पनिमा रहेका बिमा योजनाको बारेमा पुर्ण जानकारी नभई बजारमा जादा अलिकती अस्वस्थ प्रतिस्पर्धा देखिएको हो ।

  • अभिकर्ताहरु पनि अत्यधिक छन् बिमा सेवामा कमिसनको लोभ ले हो?

नेपालमा एसईई योग्यता पूरा गरेपछी सरकारले बिमा कम्पनिको अभिकर्ता बन्न पाउने नियम तिकेको छ। बिमा कम्पनिहरुले योग्यता क्षमता न हेरिकन अभिकर्ता लाईसेन्स बितरण गर्दछन। नेपालको बिमा क्षेत्रमा जति धेरै अभिकर्ता भए पनि अहिले समको तथ्यांक हेर्दा कुल जनसंख्या को २५.५ प्रतिशत जनसंख्या मात्र जीवन बिमामा आवद्ध छन् । त्यस्मा पनि एकै ब्यक्तिले एक भन्दा बढी जीवन बिमा गरेका छन । नेपालमा जीवन बिमाको महत्वको बारेमा सबैलाई जानकारी छैन । घर घरमा गएर बिमाको महत्वको बारेमा बुझाउनु पर्ने हुन्छ र यो एउटा सामाजिक कार्य पनि हो यहि कारणले नै अत्यधिक अभिकर्ता हरु बिमा क्षेत्र मा आएका हुन । काम गरे बापत बिमा एन ले नै तोके अनुसारको कमिसन पाउने हो, कमिसनको लोभले मात्र बिमा छेत्रमा अभिकर्ता को अत्यधिक उपस्थिति भएको मात्र हो भन्ने मलाई लाग्दैन ।

  • बिमाको परिभाषा कसरी गर्नुहुन्छ र यो किन जरुरी छ?

जीवन बिमा भनेको निचोडमा भन्नू पर्दा बचत र सुरक्षा नै हो । जीवन बिमामा निस्चित समय अवधी तोकिएको हुन्छ । सानो सानो रकम जम्मा गर्दै गईन्छ । निस्चित समय पूरा भएपछी कम्पनिले एकमुष्ट बिमांक र बोनस गरि फिर्ता दिन्छ ।भविस्य मा आईपर्ने घटना दुर्घटना पुर्ण अपांग र प्राणघातक रोग लागेमा सम्झौता गरिएको अनुसारको रकम बिमा कम्पनिले दिन्छ । जीवन बिमा एउटा करार हो जसमा जीवन बिमा अवधी समाप्त पछि अथवा बिमा अवधी भन्दा अगावै बिमितको मृत्यु भएमा बिमितको परिवारलाई आर्थिक टेवा दिने ग्यारेन्टी गरिएको हुन्छ । जीवन बिमा भन्नाले जिवनमा आईपर्ने अनेक जोखिम हरुबाट पर्ने क्षतिको न्यूनीकरण तथा आफ्नो र परिवारको सुरक्षित भविस्यको लागि अपनाईने सर्वोत्तम उपाए हो । यहि कारण जीवन बिमा सम्पुर्ण जनताको लागि अत्यन्तै जरुरी छ ।

  • बिमा नगरेका ब्यक्तिहरुलाई के भन्नु हुन्छ?

आफ्नो आर्थिक हैसियत को आधारमा वर्तमानलाई होइन भविष्य लाई हेरेर जीवन बिमा मा आवद्ध हुन अनुरोध गर्दछु ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?