• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सरकारसँग पैसा छ, तर बजार चलायमान भएन :  विक्रम मल्ल 

Shree News Ok by Shree News Ok
८ फाल्गुन २०७७, शनिबार १९:४३
1 min read
69 0
67
SHARES
131
VIEWS

 

विक्रम मल्ल 


 

कोरोना संक्रमणपछि जटिल बनेको नेपालको अर्थतन्त्र अझै पनि राम्रोसँग अघि बढ्न सकेको छैन । अहिले पछिल्लो समय, के–कसरी हुन्छ अर्थतन्त्रलाई चलायमान बनाउने ? प्रयास भइरहेको छ । सरकारसँगसँगै निजी क्षेत्र पनि बजार चलायमान बनाउन लागिपरेका छन् । सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन विभिन्न योजनाहरू ल्याइरहेको छ, तर त्यो पर्याप्त छैन । अझै पनि उद्योगी–व्यवसायीहरू समस्यामै छन् ।
सरकारले ल्याएका योजनाहरू अपर्याप्त छन् । कम्तीमा पनि दुई वर्षसम्म बैंकमा किस्ता तिर्न सक्ने व्यवस्था, कर राजस्वमा जरिवाना, ब्याज दुई वर्षसम्मका लागि छुट र अवधि बढाउनुपर्ने, उद्योग–व्यवसाय सञ्चालन नभएको कोरोनाको समयको विद्युत् डिमान्ड शुल्क पूर्ण मिनाहाजस्ता कार्यक्रम तत्काल लागू गरी राहत     दिनुपर्नेमा त्यो हुन सकेको छैन, यो दुःखद पक्ष हो ।                                                                               
अर्को कुरा, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । नीतिअनुसार नेपालको अर्थतन्त्र चलायमान बनेको प्रस्ट छ । चालू वर्षको ६ महिनामा आर्थिक एवं वित्तीय परिसूचकहरू सकारात्मक रहेको, मुद्रास्फीति नियन्त्रित तथा शोधनान्तर बचत रहेको साथै विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशबाट आउने विप्रेषण बढेको, बैंक तथा वित्तीय संस्थाको आधारदर (बेस रेट) घट्दा उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने जस्तो मौद्रिक नीतिले देखाएको छ ।
त्यसैगरी पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा बढेको साथै वित्तीय पहुँच बढेको बताइए पनि आमव्यवसायीले त्यति महसुस गर्न नसकेको अवस्था छ ।
असार मसान्तसम्म बैंक–वित्तीय संस्थामा कर्जा बुझाउने म्याद थप गर्नु सकारात्मक हो, तर यसको कार्यान्वयन पक्ष धेरै फितलो र कार्यान्वयन नभएको देखिएकाले राष्ट्र बैंकले तुरुन्त अनुगमन गर्न जरुरी छ । राष्ट्र बैंकले असारसम्मको सीमा दिए तापनि बैंकहरूले किस्ता तिर्न आउन बारम्बार फोन गर्ने र कालो सूचीमा राखिदिने धम्कीसमेत दिने गर्दा कोरोना महामारीले धराशायी भएका उद्योगी–व्यवसायीलाई थप मानसिक तनाव उत्पन्न हुने गरेको छ ।
मौद्रिक नीतिले समग्र देशको अर्थसूचक राम्रो देखिए पनि आमसर्वसाधारणले महसुस गर्न सकेका छैनन् । मौद्रिक नीतिले बजारमा खाद्यान्न वस्तु, तेलहन, दलहनको मूल्य वृद्धि भएको स्वीकार गरे तापनि गैर खाद्यान्न वस्तुमा खासै नबढेको देखाएको छ । तर, यथार्थमा निर्माण सामग्रीहरू छड (स्टिल), सिमेन्ट, जस्तापाता, एंगल पत्तिजस्ता सामानहरूको मूल्य वृद्धि भएको छ । यो मौद्रिक नीतिको समीक्षामा नपरेको देखियो । पर्यटन उद्योग, शिक्षण संस्था नोक्सानीको क्षेत्रमा देखाइएको छ, यो स्वाभाविक हो । मौद्रिक नीतिको समीक्षाअनुसार कोरोना संक्रमणका समयमा पनि राज्य कर, राजस्व संकलनमा बढी लागेको देखाएको छ । विपद्को बेलामा पनि बढी राजस्व संकलन हुनु यसको उदाहरण हो । मौद्रिक नीतिअनुसार समग्र आर्थिक क्षेत्र होइन; कर, राजस्व, विप्रेषण, वैदेशिक रकम सञ्चितिको ग्राफ राम्रो देखिएको हो, यो सकारात्मक भए पनि अर्को पाटो जुन रूपमा बजार चलायमान हुनुपर्ने हो, त्यो हुन सकेको छैन । समग्रमा भन्दा सरकारसँग पैसा छ, तर बजारमा क्यास फ्लो हुन सकेको छैन । सरकारले यसमा जोडबल गर्नप-यो ।                                                                                                       ( मल्ल भैरहवा क्षेत्रमा कृयाशिल युवा उद्यमी हुन् )

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?