• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

मेरो राजनीतिक लक्ष्यः ‘लुम्बिनीका युवाहरुको आर्थिक, सामाजिक विकास हो’

Shree News Ok by Shree News Ok
९ श्रावण २०७८, शनिबार १६:५२
1 min read
184 2
179
SHARES
350
VIEWS

अर्जुन कुर्मी (३०) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । युवा माझ निकै लोकप्रिय कुर्मी वातावरण, संरक्षण, युवा विकास साथै राजनीतिमा पनि चासो राख्छन् । बिबिएससम्म अध्ययन गरेका कुर्मी ग्रिन युथ नेपाल, लुम्बिनीका अध्यक्ष, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धका संस्थापक अध्यक्ष, अन्तराष्ट्रिय युवा समाज (इन्टरनेशनल युथ सोसाइटी)का सद्भावना दुत समेत हुन् । उनी नेकपा एमालेमा आवद्ध छन् । चरा संरक्षण लगायतका काममा लामो अनुभव लिएका युवा अभियन्ता कुर्मीसँग न्यूज ओके साप्ताहिकका लागि मनोरञ्जन शर्माले गरेको कुराकानी यहाँ प्रस्तुत छः

  • कोरोना संक्रमण जोखिम अझै कायमै छ, के भन्नु हुन्छ, निषेधाज्ञाको बिरोध गर्दा प्रहरी नियन्त्रणमा समेत हुनु भयो ?

कोरोना महामारी ले सबैलाई आर्थिक र मानसिक रुपले कमजोर बनाएको छ । लकडाउन वा निषेधाज्ञाको पालना गर्दा नि जनताले आफ्नो ज्यान गुमाएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगायो तर जनतालाई रोजिरोटीको बिकल्प दिन सकेन । गाउँमा जनताले काम गरेर खाने अवस्था रहेन । जनता अन्यायमा परे । काम गर्न पाएनन् । जनता अप्ठयारोमा परे पछि निषेधाज्ञाको विरोधमा हामी उत्रियौं, प्रहरी नियन्त्रणमा पनि परियो ।

  • राजनैतिक दलमा पनि आवद्ध हुनुहुन्छ, लुम्बिनी क्षेत्रमा हरेक कुरामा अति राजनीति हुन्छ भनिन्छ, भने जस्तै हो ?

यहाँ विना भिजन भएको पंचायतकालका काम नलाग्ने व्यक्तिहरु राजनीति मा छन् । जसको कारणले लुम्बिनीको जुन प्रकारले सामाजिक, आर्थिक रुपमा विकास हुनु पर्ने थियो त्यो हुन सकेको छैन । जनताले जस जसलाई जितायो, ऊ त्यो कुर्सीमा पुगे पछि सबै बिर्सियो । अहिले सबै आफ्नो पालोको लागि मात्र राजनीति गरि रहेछन् हाम्रो पार्टी (नेकपा एमाले) यहाँबाट हारे पनि लुम्बिनीको लागि धेरै विकासका योजनाहरुल्याएको छ र हामी जनताको सेवामा लागेका छौं ।

  • तपाईं लुम्बिनी क्षेत्रका युवा माझ लोकप्रिय हुनुहुन्छ, युवाहरु परिवर्तन भएका छन् त । कसरी परिवर्तन गर्न सकिन्छ होला ?

लुम्बिनाका युवाहरु धेरै सचेत भएका छन् र अब युवाहरु नै आगाडी आउने छन् । युवाहरु राजनीतिमा सकृय रुपमा नआएको कारणले हामी युवाहरु विना भिजनवाला नेताहरुको राजनीतिक सिकार हुन पुग्याैं कसैले पनि युवाहरुको विकासको लागि कुनै प्रकारका योजनाहरु ल्याएको छैन । हामी युवाहरु यहाँको राजनीतिबाट पिडित छांै र अब आउने चुनावमा हामी युवाहरु लाई नै आगाडी ल्याउने छौं ।

  • बुद्ध जन्मस्थल लुम्बिनी र वरपरको क्षेत्रको विकास राम्ररी अझै हुन सकेको छैन, के गर्नु पर्ला, अब ?

हाहाहा…. बुध्द जन्म भूमि खाली लुम्बिनी विकास कोषको कम्पाउण्ड भित्र सिमित रहुन्जेल लुम्बिनीको विकास हुदैन, बाटो नाली बनाएर विकास भयो भन्नेहरु मुर्ख हुन् । जबसम्म यहाँको जनताको आर्थिक विकास हुँदैन तबसम्म लुम्बिनीको विकास हुदैन् । भगवान बुद्धको नाममा अरु देशले कति प्रगति गरि सके तर हामी लुम्बिनी बासीहरुलाई वुद्धसँग जोड्ने योजनाहरु केही छैन । स्थानीय नगरपालिका को केही चासो नै छैन, जति भने पनि आफ्नो शक्ती बुझिरहेको छैनन् तर हामी युवाहरु यो कुरा बुझेका छौं र युवा शक्तीले यहाँको आर्थिक विकासको ऐजेण्डाहरु अगाडी ल्याउने छौं ।

  • तपाईं लुम्बिनी ग्रिन युथ संस्थामा हुनुहुन्छ, के काम गर्दैछ अहिले असहज समयमा…? अरु बेला के काम गर्छ ?

हामी प्रकृति संरक्षणमा काम गर्छांै । लुम्बिनीका चरा, ताल–तलैया, नदिनाला, वनजंगल, जंगली जनावरको संरक्षणको लागि समुदाय र विद्यालय स्तरको काम भइरहेको छ । ३० वटा विद्यालयमा इको क्लब स्थापना गरेर हामी बालबलिकालाई वातावरण मैत्री बनाउने अभियान चलाई रहेका छौं । भगवान् बुद्ध कालको चरा सारस जुन लुम्बिनीको नगर पंछी हो त्यसको बास स्थानको संरक्षणको काम भईरहेको छ । सिमसार क्षेत्र संरक्षणमा जोड दिएका छौं । वृक्षारोपण अभियान जारी छ लुम्बिनीलाई हराभरा, सफासुग्घर बनाउने हाम्रो अभियान हो

  • लुम्बिनी क्षेत्रमा सारस चराको अवस्था के छ अहिले ? तपाईंको संस्था त्यसको संरक्षणमा पनि लागेको थियो ?

सारसको अवस्था अहिले ठीक छ । चार सयको हाराहरीमा संख्या पुगेको छ । यिनीहरुको बास स्थानमा अतिक्रमण बढि रहेको कारण चिन्ताको विषय छ ।
मानव बस्ती विकास भई रहेछ, सिमसार मासिरहेका छन् । यो गम्भिर कुरा हो । तर हामी संगसंगै सारस संरक्षणमा नगरपालिकाले चासो देखाएको छ, मेयर ज्यूको व्यक्तीगत चासो छ सिमसार संरक्षण भइ रहेछ । विद्युतको कारणले वर्षेनी १०–१२ सारस मरिरहे छन् यो पनि चिन्ताको कुरा हो हामी यसमा पनि विधुत प्रधिकरणसँग कुरा गरिरहे छौं ।

  • लुम्बिनी साँस्कृतिक नगरपालिकाले सम्पादन गरेका कामलाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?

लुम्बिनी नगर पालिकाको काम बिना योजनाको भइ रहेको छ । खाली बाटोको काम मात्र भई रहेछ । त्यसको पनि योजना छैन । मूल बाटाहरु त्यस्तै खाल्टो छन् , गाउँमा पनि सजिलो हुने पिसिसि ढलानवाला बाटो छ, जसले समस्या ल्याउछ नाली न भए बाटो पानी पर्दा अहिले घरघरमा पानी पसि रहेछ । साघुँरा बाटोले पछि समस्या ल्याउने हो । मानव विकासको लागि केही योजना छैन । वडाअध्यक्षहरु १००–२०० भोटको लागि जनताको जिवनसंग खेली रहेकाछन् । जन प्रतिनिधि नामको मात्र भए । लुम्बिनी साँस्कृतिक नगरपालिकाले ४ वर्षमा आफू बस्ने भवन त बनाउन नसकेर भाडामा बसेको छ, अरु विकाशको के कुरा गर्नु ।
बजेट बाँडफाँड बहेक अरु कुनै कुरामा ज्ञान छैन । गाउँपालिकासंग नगरपालिकाको तुलना गर्ने जनप्रतिनिधिहरुसंग के आशा गर्न सकिन्छ । कृषि प्रधान नगरपालिका हो कृषिमा त्यही पंचायतकालवाला योजनाहरु प्रत्येक वर्ष चलि रहेछ । भगवान् बद्धको नगरी हो लुम्बिनीमा बुद्ध अलपत्र छन् । अरु नगरपालिकाले करोडौं लगानी बुध्दको नाममा गर्दै पर्यटक ल्याउने कोशिस गरि रहेकाछन् । यहाँका जन प्रतिनीधि मायादेवी मन्दिर छिर्न डराउ छन् कसरी हुन्छ विकास ? पर्यटन विकासको योजन केही छैन । लुम्बिनी विकास कोष आफ्नै तालमा चल्छ नगरपालिकालाई चासो छैन् । साँसद विधायकहरुको खोजी भई रहेको छ । जिते पछि देखा परेका छैनन् । हामी हारे पनि हाम्रा नेता खिमलाल भट्टराई जनताको सेवामा लगेका छन् । जबसम्मा यहाँ पंचायतकाल वाल नेता जित छन् तबसम्म लुम्बिनीको विकास हुँदैन र हामी सबै पंचायती नेताहरुलाई अवकास दिलाए रै छाड छौं ।

  • तपाईंको राजनैतिक लक्ष्य के हो ?

मेरो राजनीतिक लक्ष्य लुम्बिनीका युवाहरुको आर्थिक, सामाजिक विकास, सफलता हो । यवाहरुको समृद्धी, सफलता मलाई कुर्सीको लोभ छैन । यहाँको युवाहरुको चाहना अनुसार चुनावमा भाग लिने हो युवाहरु जुन पदमा रोजछन् त्यस पदको लागि चुनाव लड्छु जसको तयारी १३ वर्षदेखि गरि रहेको छु ।

  • अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अन्त्यमा यहि भन्छु कि भोको पेट विकास र शान्ति हुँदैन । ‘मान्छे जंगलमा पनि बाँचे कै हुन् विना घर, विना बाटा,े बिना पूर्वाधारको’ । तर भोको पेट महलमा नि बाच्न सकिन्न । जनताको पिडा बुझ्न जरुरी छ । विकास होस् या नहोस् तर कोई भोको बस्न नपरोस्, कोई युवा खान नपाई र रोजगार नहुँदा आत्महत्या नगरोस् र कोई किसान कर्जाका कारण न डुबुन् । जय युवा, जय किसान ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?