कोकिला भण्डारी – धनकुटा, धनकुटा वडा नम्वर ३ निवासि एक महिलाको कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ । उनको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । उनको एक साताअघि कोरोना परिक्षणका लागि पिसिआर परिक्षण गर्न स्वाव लगिएको स्वास्थ्य कार्यालय धनकुटाले जानकारी दिएको छ ।
मृतक महिलाका पति ६७ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण भएको छ। मृतकका पतिको धनकुटाको आइसोलेसनमा उपचार भइरहेको छ। धनकुटामा हालसम्म ६० जनामा कोरोना संक्रमण भएको छ भने ४५ जना उपचारपछि घर फर्कि सकेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुराँगाईले जानकारी दिए । धनकुटामा सबै संक्रमितहरुको उपचार भएपछि केहिदिन अघि शून्य भएको थियो ।अब भने धनकुटेलीहरूमा त्रास फैलिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.