श्रीन्यूज ओके रिपोर्टर
भैरहवा(१७ साउन) ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । मंगलवार राती १२ बजेदेखि लागुहुने गरी निगमले नयाँ मूल्य कायम गरेको हो । ईण्डियन आयल कर्पोेरेशनबाट खरिदमा नयाँ मूल्य आए पछि निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार नयाँ मूल्य कायम गरेको हो । निगमले जारी गरेको बिज्ञप्ति अनुसार ग्यासको मूल्य १३० रुपियाँले घट्दा पेट्रोलमा ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.